बहराइनका राजकुमारसहितको टोलीले गर्‍यो सगरमाथा आरोहण


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, बैशाख २८, २०७८

  • काठमाडौँ, २८ बैशाख । बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफाले सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार खलिफासहितको बहराइनको रोयल गार्ड टिमले मंगलबार बिहान स्थानीय समयअनुसार ६:४० बजे सगरमाथाको आरोहण गरेको हो ।

    उक्त टिम ८८४८.८६ मिटर उचाइ कायम भएपछि सगरमाथा आरोहण गर्ने पहिलो अन्तर्राष्ट्रिय टिम पनि बनेको छ । साथै सगरमाथा आरोहण गर्ने उक्त टोली पहिलो पनि बनेको छ । आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक्सले गरेको हो भने आरोहण दलको नेतृत्व टासी शेर्पाले गरेका थिए । १९ वर्षीय शेर्पा बिनाअक्सिजन सगरमाथा आरोहण गर्नै सबैभन्दा कम उमेरका व्यक्ति भएको पनि सेभने समिटले जनाएको छ ।

    वसन्तयामको सगरमाथा आरोहणका यही वैशाख २४ देखि शुरु भएको थियो । कीर्तिमानी आरोही कामीरिता शेर्पा नेतृत्वको १२ शेर्पा आरोही टोलीले आरोहणका लागि बाटो बनाउन सगरमाथाको चुचुरोमा पुगेको (रोप फिक्सिङ) गरेपछि व्यावसायिक आरोहण शुरु भएको थियो । पर्यटन मन्त्रालयका अनुसार सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४०८ आरोहीले आरोहण अनुमति लिएका छन् । यसमा ९३ महिला र ३१५ पुरुष छन् । वसन्तयामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका छन् ।

    बहराइनका राजकुमार खलिफासहितको टोलीले यसअघि लोबुचे र मनास्लु हिमाल आरोहण गरिसकेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार