उदयपुर वीरेन्द्रबजारका अग्नी पीडितलाई तरुणदलको आर्थिक सहयोग


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, जेष्ठ ९, २०७८

  • उदयपुर । आगालागीबाट पूर्ण क्षती भोगको उदयपुरको चौदण्डिगढि नगरपालिका वडा नम्बर ८ बीरेन्द्र बजारका अग्नी पिडितलाई तरुण दलले सहयोग गरेको छ । चैत २६ गते आगालागीमा परी स्थानिय ५ घरका नागरिकले दुई करोड बढिको क्षती बेहोरेका थिए ।

    आगालागीबाट पिडितका लागि तरुण दल चौदण्डीगढिले साता दिन यता सुरु गरेको सहयोग अभियानको क्रममा संकलन भएको एक लाख १ हजार पाँच सय ५० रुपैया पिडितलाई सहयोग गरेको तरुण दल उदयपुरका उपाध्यक्ष पर्वत दाहालले जानकारी दिए । शनिबार एक कार्यक्रमका विच चौदण्डीगढी नगरप्रमुख खग्रेन्द राईले तरुण दलले उपलव्ध गरएको सहयोग रकम पिडितलाई हस्तान्तर गरेका हुन ।

    ठूलो क्षती भोगेका विरेन्द्र बजारका अग्नी पिडितलाईपनि थोरै भएपनि राहात उपलव्ध गराएको तरुण दल नेता दाहालले बताए ।
    स्थानीय कला राईको घरको विद्युत शर्ट भइ आगलागी हु“दा स्थानीय डम्वर राई, विक्रम राई, पद्मा मगर र कृष्ण मगरको घरमा आगलागी भएको थियो आगालागी पिडितका लागि स्थानिय युवा, लाईन्स क्लब अफ बेल्टार, चौदण्डिगढि नगरपालिका लगायतका विभिन्न संघ संस्थाहरुले समेत सहयोग उपलब्ध गराएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट