आठ दिनदेखि हराएका बोटे मृत फेला


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, जेष्ठ ११, २०७८

  • तनहुँ, ११ जेठ । यही जेठ ३ गते साँझ ९ बजेदेखि हराइरहेका ६३ वर्षीय एक पुरुष मंगलबार मृतावस्थामा फेला परेका छन् । व्यास नगरपालिका–७ बोटेटार बस्ने नसे बोटे मृत फेला परेका हुन् । व्यास– ५ स्थित फक्सिङ सामुदायिक जंगलको खोल्सीमा बोटे मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । जंगलमा निउरो खोज्न गएका मानिसले बोटेलाई मृतावस्थामा देखेपछि तत्काल प्रहरीमा खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले जाँच मुचुल्का गरेपछि अहिले परीक्षणका लागि शव दमौली अस्पतालको शवगृहमा राखी आफन्तजनलाई खबर गर्ने काम भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट