कोभिडबाट प्रभावित २५० परिवारलाई पाटनका युवाहरुको सहयोग


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, जेष्ठ १२, २०७८

  • काठमाडौं, जेठ १२ । कोरोनाभाइरसपछि समस्यामा परेका अति बिपन्न समुदायका २५० परिवारलाई ललितपुर पाटनका युवाहरुले खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेका छन् । सोमबार पाटनमा आयोजित एक कार्यक्रममा उक्त राहत वितरण गरिएको हो ।

    युवाहरूको समूहले एकआपसमा रकम संकलन गरेर प्रतिपरिवार १० किलो चामल, १ लिटर खाने तेल, १ किलो दाल, नुन १ प्याकेट र मस्यौरा १ प्याकेट सामग्री विभिन्न ठाँउमा पुगेर पाटन, न्यूरोड, नयाँबजार, डल्लु, रातोपुल, गोकर्ण क्षेत्रमा बसोबास गर्ने ज्याला, मजदुरी गरेर जिविकोपार्जन गर्दै आएकालाई राहत उपलब्ध गराइएको टोलीका सदस्य दीपक घिमिरेले बताए ।

    कोरोनाको कहरबाट समस्यामा परेका नागरिकलाई आफूहरुको पहलमा व्यक्तिगत रूपमा केही मात्रामा भएपनि सहयोग भए पनि गर्ने उद्देश्यले आफूहरुले सेवा गरेको युवा व्यवसायी मनिषबहादुर शाहीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट