लकडाउनमा समस्यामा परेका ५० घर परिवारलाई ‘मेरो नेपाल’ फेसबुक पेजको आर्थिक सहयोग


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, जेष्ठ १३, २०७८

  • काठमाडौं,१३ जेठ । कोभिड–१९ रोकथामका लागि जारी गरिएको निषेधाज्ञाका कारण जिविकोपार्जनमा समस्या परेका ५० घर-परिवारलाई राहत वितरण गरिएको छ । ‘मेरो नेपाल’ नामक फेसबुक पेजमार्फत उपलब्ध आर्थिक सहयोगबाट खाद्य सामग्री वितरण गरिएको हो । काठमाडौंका विभिन्न स्थानमा जर्जर आर्थिक अवस्था भएका पिडित परिवारको पहिचान गरी उनीहरुलाई राहत बाँडिएको थियो ।

    राहत सामग्रीमा चामल, तेल, नून, दाललगायत छन् । एमाले निकट अनेरास्ववियूका केन्द्रीय सदस्यद्वय शोभा सापकोटा र जस्मिन ओझाले राहत हस्तान्तरण गरेका थिए । ‘मिसन स्माइल नेपाल’ की अध्यक्षसमेत रहेकी ओझाका अनुसार आज एक लाख १५ हजार रुपैयाँ बराबरको राहत बाँडिएको छ । उनले कोभिडका कारण समस्यामा परेका गर्भवती महिलाहरुलाई केही नगद सहयोग गर्ने योजना रहेको बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट