पत्रकारलाई ७ लाखसम्मको दुर्घटना बिमा, सरकारी अस्पतालमा निःशुल्क उपचार रकम विनियोजन


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, जेष्ठ १५, २०७८

  • काठमाडौँ, १५ जेठ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८ र ७९ को बजेट सार्वजनिक गर्ने क्रममा श्रमजीवी पत्रकारहरुका लागि निःशुल्क उपचारको व्यवस्था मिलाइएको बताए । पत्रकार महासंघका सदस्यहरुलाई प्रेस काउन्सिलले जारी गरेको उपचार कार्डको आधारमा सरकारी अस्पतालहरुमा निःशुल्क रुपमा उपचारको व्यवस्था मिलाइएको उनले बताए ।

    जागिर खोसिएका पत्रकारहरुका लागि सरकारले लेखनवृत्ति समेत उपलब्ध गराउने घोषणा गरिएको छ । सरकारले सञ्चारग्राममा प्रेस संग्राहलय समेत निर्माण गर्ने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई ७ अर्ब ७४ करोड विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए ।

    उनले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरिने र डिजिटल अर्थतन्त्रको विकास गरिने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट