अस्ताए विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापा


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, जेष्ठ १८, २०७८

  • काठमाडौं, १८ जेठ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको निधन भएको छ। थापाको मंगलबार दिउँसो ४ : २५ मा निधन भएको हो । उनी दुई हप्तादेखि उपचाररत थिए । दुई हप्ताअघि कोरोना संक्रमित भएपछि थापा अस्पताल भर्ना भएका थिए ।

    उनलाई मेडिसिटी अस्पतालमा इसिएमओ प्रविधिबाट उपचार भइइएको थियो। सुरुमा ह्याम्स भर्ना गरिएका थापालाई त्यसपछि ग्रान्डी अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा कोरोनामुक्त भएका थापाको अवस्था गम्भीर थियो। थापाको कोरोना रिपोर्ट नेगेटिभ आए पनि, भाइरसले शरीरमा दीर्घकालिन क्षति पुऱ्याएको थियो ।

    विवेकशिलले ‘ज्याला पूरा लियौ, अब संविधान देऊ !’ , नेपाल बन्दका विरुद्ध ‘नेपाल खुला छ !’ भन्ने अभियान सञ्चालन गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार