दाजु भाई समुह दोहा कतारद्वारा ३६ विपन्न परिवारलाई राहत वितरण


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, जेष्ठ १९, २०७८

  • चित्रकुमार कार्की, रक्षकुमार राई

    उदयपुर, १९ जेठ । ‘सम्बन्ध हाम्रो सबैभन्दा राम्रो सामाजिक कार्यलाई अगाडी बढाउने उत्तरदायित्व हाम्रो’ भन्ने मूल नाराको साथ स्थापना गरेको दाजु भाई समुहले त्रियुगा नगरपालिका १२ का विपन्न ३६ परिवारलाई बुधबार खाद्यान्न वितरण गरेको छ ।

    कोरोना भाइरस कोभिड–१९ को उच्च जोखिमसँगै सरकारले लकडाउन जारी गरेको लामो समय बितिसकेको कारणले दैनिक ज्याला मजदुरी गरेर खाने, गरिब, असहायलाई बढि समस्या पारेको भन्दै ब्रदर्स ग्रुप युवाहरुको समुहले खाद्यान्न वितरण गरिएको हो । त्रियुगा नगरपालिका वडा नम्बर १२ डिएमगेटका ६ र बोटे टोलका २२ र चौदण्डीगढी नगरपालिका वडा न ७ सातधारे ६ गरी ३४ परिवारलाई खाद्यान्न उपलब्ध गराएको समाजसेवी खेमनारायण यादवले जानकारी दिएका छन् ।

    महामारीको समय लाइ मध्यनजर गदै यस्तो अबस्थामा कुनै पनि निकायहरुको ध्यान नपुगेको भन्दै बैदेशिक रोजगारीमा कार्यरत संदिप भट्टराई नेतृत्वको युवाहरुबाट राहतको लागि सहयोग प्रदान भएको राहत वितरणका संयोजक सरोज श्रेष्ठले जानकारी दिए । यो असामान्य परिस्थितिमा दैनिक ज्यालादारिमा काम गर्न समेत नपाई बिहान बेलुका छाक टार्न समस्या भएका अति विपन्न गरिब मजदुरलाई सहयोग हुने उद्देश्यले खाद्यान्न सामग्री हस्तान्तरण गरिएको र विपतका वेला नागरिकले पनि सरकारलाई सघाउनु पर्छ भन्दै यस्तो कदम चालेको श्रेष्ठले बताए ।

    दाजु भाई समुह दोहा कतारका पदाधिकारीहरुमा संयोजक सन्दिप भट्टराई ,सदस्य कृष्ण अधिकारी ,सदस्य कमल वाग्ले, सदस्य महेन्द्र पाण्डे, सदस्य राम कुमार मगर, सदस्य अमित मगर, सदस्य बिष्णु राइ, सदस्य बिष्णु घिमिरे रहेको छन् । नेपालमा रहेर सहयोग गर्ने सदस्य राजकुमार घिमिरे र सरोज श्रेष्ठ रहेको समुहका संयोजक सन्दिप भट्टराईले जानकारी गराए।

    राहत वितरण कार्यक्रममा स्थानिय बुद्धिजीवी, समाजसेवी पत्रकारहरुको उपस्थितिमा बुधबार खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट