
काठमाडौं, २० जेठ । डीटीएच सेवाप्रदायक डिशहोमले सर्वसाधारणका लागि झण्डै २४ लाख कित्ता शेयर जारी गर्ने भएको छ । हालै नेपाल धितोपत्र बोर्डले शेयर निष्कासनका लागि अनुमति दिएसँगै डिशहोमलाई आईपीओ जारी गर्ने बाटो खुलेको हो ।
धितोपत्र बोर्डको अनुमतिसँगै अब कम्पनीले कूल पूँजीको १० प्रतिशत शेयर आईपीओ सर्वसाधारणका लागि जारी गर्नेछ । कम्पनीले सय रुपियाँ मूल्यको २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो । सन् २०१७ मा डिशहोम पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो ।