प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, जेष्ठ २०, २०७८

  • काठमाडौं, २० जेठ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन्। उनीसंग लामो समय कान्तिपुर दैनिकमा काम गरेको अनुभब छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो । पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बस्नेत हालै सम्पन्न निर्वाचनमा महासचिव पदमा पराजित भएका थिए ।

    हाल उनी खुला नेपाल डट्कम् का सल्लाहकार सम्पादक छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार