भोलि शनिबारदेखि एक सातासम्म जुममार्फत योग शिविर सञ्चालन हुने


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ २१, २०७८

  • काठमाडौं, २१ जेठ। नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघ बागमती प्रदेशले भोली शनिबारदेखी एक सातासम्म योग शिविर सञ्चालन गर्दैछ । पतन्जली योग केन्द्र बागमती प्रदेशको सहयोग र काभ्रे जिल्ला संघको ब्यवस्थापनमा हुन लागेको यस जुम योग शिविरमा सबैजना सहभागि बन्न सक्नेछन् । यस योग शिविरमा सहभागी भइ मानसिक शान्ती तथा शारिरिक रुपमा स्वस्थ रहन रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरि स्वस्थ्य जीवन यापन गर्न नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघ बागमती प्रदेशले आग्रह गरेको छ ।

    योग शिविर बिहान ६:३० देखि ८:०० बजे सम्म सञ्चालन हुने नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघ बागमती प्रदेश सचिव राज कार्कीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार