सुदूरपश्चिम संसदीय दलका नेता शाहलाई प्रधानमन्त्री ओलीले सोधे ४८ घण्टे स्पष्टीकरण


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ २१, २०७८

  • धनगढी, २१ जेठ । पार्टी निर्णय विपरीत सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने निर्णय गरेका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ओलीले शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेको एमालेका प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिए ।

    पार्टी स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गर्दासमेत प्रदेश संसदीय दलले पार्टीको निर्देशन विपरीत निर्णय गरी अघि बढेको जनाई कारवाही प्रक्रिया थालेको बताइएको छ ।

    एमाले केन्द्रीय सदस्य शाहलाई अध्यक्ष ओलीले एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको विधानसमेतका आधारमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी किन निष्काशन नगर्ने भनी चित्तबुझ्दो जवाफ माग गरेका छन् ।

    प्रधानमन्त्री ओलीले पार्टी स्थायी कमिटीले समर्थन फिर्ता लिइसकेको विपक्षी दलको प्रदेश सरकारको मन्त्री पदमा किन रहेको भनेर सोधेका छन् । त्यस्तै शाहलाई गुटका भेलामा सहभागी हुने र अरूलाई समेत सहभागी हुन उत्प्रेरित गर्ने गरेको आरोप पनि लगाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार