दाजु भाई समुहद्वारा चौथो दिन राहत वितरण सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, जेष्ठ २३, २०७८

  • चित्रकुमार कार्की / रक्षकुमार राई
    उदयपुर २३ जेठ । पछिल्लो समय कोरोना संक्रमणको त्रास बढेपछि देशमा गरिएको लकडाउनसँगै दैनिक ज्याला मजदुरी गरेर खाने अति बिपन्न परिवारलाई दाजुभाई समहुले खाद्य सामाग्री वितरण गरिए छ । दैनिक मजदुरी गरेर परिवार धान्ने पहिलो दिन ५६ घर परिवारलाई प्रति परिवार २५ केजीको एक बोरा चामल, दाल, चिनी र नुन एक केजीका दरले आवश्यक खाद्य सामग्री वितरण गरिएको दाजुभाई समुहका नेपाल प्रतिनिधि सदस्य सरोज श्रेष्ठले बताए ।

    ‘सम्बन्ध हाम्रो, सबैभन्दा राम्रो’ सामाजिक कार्यलाई अगाडी बढाउने उत्तरदायित्व हाम्रो’ भन्ने नाराले त्रियुगा नगरपालिका वडा नम्बर ९ का १० परिवार, वडा नम्बर १२ डिएमगेटका ६ परिवार, बोटे टोलका ४४ परिवार, वडा नम्बरर १६ सुकौराका १५ परिवार र यस्तै वडा नम्बर १६ बेलदोभान १० परिवार चौदण्डीगढी नगरपालिका वडा न ७ सातधारे ६ परिवार बोक्से खसी बजार वडा १० मा ४० परिवार शनिबारसम्म गरी १३१ घर परिवारलाई खाद्यान्न उपलब्ध गराएको सदस्य श्रेष्ठले बताए ।

    बिपद्को समयमा केहि हुनेले कत्ति पनि नहुनेलाई सहयोग गर्नु मानवीय धर्म पनि भएकाले बैदेशिक रोजगारी दोहामा कार्यरत संदिप भट्टराई नेतृत्वको युवा समुह र अल्जावेर कम्पन्नि दोहा कतारमा स्काफोलिगं समुहमा कार्यरत युवाहरुको सहयोगमा दाजुभाई समुहले राहत प्रदान गरेका हो। सरकारले बिपन्नलाई राहतमा ढिलाई गरेपछि युवाहरुले आफ्नै खर्चमा राहत वितरण गरेको संयोजक संदिप भट्टराईले बताए ।

    मजदुरी गरेर जीवन चलाउनेहरुलाई लकडाउनपछि समस्या सुरु भएको छ। ठूलै समस्या टार्न नसके पनि अन्य वडाका अति बिपन्न परिवाहरुलाई छिटै राहतको प्याकेज पनि वितरण सुरु गरिने संयोजक भट्टराईले जानकारी दिए । नेपालमा भने सरोज श्रेष्ठ राजकुमार घिमिरे भुवन बिक, सुदिप श्रेष्ठ, तिलक बिक, हरि बिक, देवराज विक, पर्शुराम श्रेष्ठ लगाएतको टिमले सहजीकरण गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार