चितवनमा तेस्रो चरणको कोरोनाविरुद्धको खोप जेठ २५ र २६ गते


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ २४, २०७८

  • चितवन, २४ जेठ । कोभिड–१९ विरुद्धको तेस्रो चरणको खोप यही जेठ २५ र २६ गते दिइने भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार जिल्लामा रहेका ६२, ६३ र ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिन लागिएको हो ।

    चीन सरकारको अनुदानमा प्राप्त ‘भेरोसिल’ खोप जिल्लामा ११ हजार मात्रा आइसकेको उहाँले जानकारी दिए । उनका अनुसार यो खोप जो जहाँ छ त्यहीँ लगाउने गरी दिइन थालिएको हो । हरेक वडामा नै खोपको व्यवस्था गरिएको उनले बताए । यहाँका सात पालिकामा रहेका वडाका स्वास्थ्य संस्थामा खोप उपलब्ध गराइने छ । कोरोना कहरका कारण भीडभाड नगरी स्वास्थ्य मापदण्डको पालना गर्दै खोप दिन लागिएको हो । उनले भने, ‘खोप अभियान दुई दिनसम्म चल्नेछ, स्वास्थ्य मापदण्डको पालना गर्दै खोप दिइनेछ ।’

    पालिकास्तरीय खोप केन्द्रमा छुटफुट भएकालाई थप एक दिन थपिनेछ । जिल्लामा यसअघि दुई चरणको खोप अभियान सम्पन्न भएको छ । ती अभियानमा ३९ हजार व्यक्तिले पहिलो खोप लगाएका छन् । खोप लिन आउँदा परिचयपत्र अनिर्वाय गरिएको उनले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार