सिन्धुपाल्चोकका बाढी पीडितलाई नायिका स्वस्तिमा खड्का र सुरविनको सहयोग


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, असार ६, २०७८

  • काठमाडौं, ६ असार । नायिका स्वस्तिमा खड्का र अनानिक ब्युटि सलोनका सञ्चालक सुरविन बान्तवा राइले संयुक्त पहलमा सहयोग गरेका छन् । यस अभियानमा कलाकार दीपाश्री निरौलाले पनि साथ दिएकी छिन् ।

    नायिका स्वस्तिमा खड्का, कलाकार दीपा श्री र व्यवसायी सुरविनको टोलीले शनिबार मेलम्ची पुगेर राहत प्रदान गरेको छ । यस टोलीले ५० वटा ब्लांकेट, ५० वटा डसना, ५० चकटी, १२ बोरा चामल, १० कार्टुन, स्यानिटरी प्याड, बिस्कुट लगायत वितरण गरिएको थियो ।

    यस अभियानमा नायिका अदिती बुढाथोकी, उनकी आमा पुष्पा अधिकारी, रामशरण गिरी, विक्रम बाँडे, सुखावती स्टोर, उपाय सिटी कार्गोले सहयोग गरेका थिए । आफ्नो तर्फबाट थोरै मात्र सहयोग गर्न सके पनि पीडितहरुलाई सहयोग पुग्ने सुरविनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार