लमजुङका आठ स्थानीय तहको बजेट सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, असार १०, २०७८

  • लमजुङ, १० असार । लमजुङमा रहेका आठ स्थानीय तहको कूल साढे ४ अर्ब बजेट प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति कार्यक्रम प्रस्तुत गर्दै ४ अर्ब ५८ करोड ७७ लाख १८ हजार ४ सय २ रुपैयाँ अनुमानित बजेट प्रस्तुत गरेको हो ।

    जिल्लामा चार नगरपालिका र चार गाउँपालिका गरी आठ पालिका  छन् । यी मध्ये केहीले बुधबार र अधिकांशले आज बजेट प्रस्तुत गरेको छ । प्रस्तुत गरेको बजेटमध्ये ४ वटा नगरपालिकाले २ अर्ब ७५ करोड ६० लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ । ४ वटा गाउँपालिकाले १ अर्ब ८२ करोड ६७ लाख २४ हजार ४ सय २ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

    यहाँका पालिकामध्ये सबै भन्दा बढी बजेट सुन्दरबजार नगरपालिकाको ७३ करोड २५ लाख ४१ हजार रुपैयाँ रहेको छ । त्यस्तै, जिल्लाकै सदरमुकाम तथा सुविधा सम्पन्न बेँसीशहर नगरपालिकाले ७२ करोड ६५ लाख ४१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

    त्यस्तै, राइनास नगरपालिकाले  ६१ करोड ५८ लाख ३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको  छ भने, मध्य नेपाल नगरपालिकाले ६७ करोड ८८ लाख ९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।  दोर्दी गाउँपालिकाले अनुमानित ६२ करोड १८ लाख ५२ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।

    त्यस्तै, मर्स्याङ्दी गाउँपालिकाले ४८ करोड २७ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ । दूधपोखरी गाउँपालिकाले ४० करोड ५८ लाख ५८ हजार ४ सय २ रुपैयाँको बजेट प्रस्तुत गरेको गाउँपालिकाले जनाएको छ । त्यस्तै सबै भन्दा कम क्व्होलासोंथर गाउँपालिकाले ३१ करोड ३६ लाख १४ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट