खोटाङका खम्बसिङलाई दाजुभाइ समुहको सहयोग


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, असार ११, २०७८

  • चित्रकुमार कार्की

    खोटाङ, ११ असार । सामाजिक सन्जालमा खोटाङको जन्तेढुङ्गा ५ साविक २ निवासी ६५ वर्षिय खम्बसिङ तामाङको कमजोर अवस्थाबारे सार्वजनिक भएपछि दाजुभाई समुह कतार द्वारा खाद्यान्न तथा लत्ता कपडा बितरण गरेको छ ।

    तामाङले अर्काको जग्गामा बसेर मजदुरी काम गर्दै आफ्नो जिवन गुर्जादै आइरहेका छन् । सामाजिक सन्जालमार्फत तामाङको कमजोर अवस्था बारेमा थाहा पाए लगतै दाजुभाई समुहले करिव २० हजार रुपैया बराब राहत सामग्रि लिएर सोही ठाउँ पुगि तामाङलाई हस्तान्तरण गरेको दाजुभाई कतार समुहका नेपाल प्रतिनिधी सरोज श्रेष्ठले बताए ।

    राहतमा ५० केजि चामलका २ बोरा, दाल १० केजि, प्याज ५ केजि, चिनि ५ केजि, मसला १ केजि , सोयाविन १ केजि र सिरक ,डस्ना, तन्दा, तकिया ,प्याटिक गुन्द्रि , झुल ,टि-सर्ट त्रिपाल २ पिस तामाङलाई हस्तान्तरण गरेको हो ।

    तामाङको अवस्थालाई देखेर गाउँलेहरुले मिलेर घर बनाई दिने पनि निर्णय भएको कुरा दाजुभाई कतार समुहका नेपाल प्रतिनिधी श्रेष्ठले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट