फ्रन्टलाईन नेपाल शुक्रबार, साउन ४, २०८१

गण्डकी प्रदेश मुख्य न्यायाधिवक्तामा बाँस्तोला


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, असार १५, २०७८

  • पोखरा, १४ असार । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त भएका छन्। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार बाँस्तोलालाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेकी हुन्।

    पोखराका बाँस्तोला २५ वर्षदेखि कानून व्यवसाय क्षेत्रमा क्रियाशील छन्। उच्च अदालत बार एशोसिएशन पोखराका पूर्वअध्यक्ष बाँस्तोला डेमोक्रयाटिक लयर्स एसोसिएसन कास्कीका पूर्वअध्यक्ष हुन्। मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानूनी सल्लाहकार हो। रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट