सन नेपाल लाइफको वरिष्ठ प्रबन्धकमा सामना खनाल नियुक्त


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, असार १७, २०७८

  • काठमाडौं, १७ असार । सामना न्यौपाने खनाल सन नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ प्रबन्धकमा नियुक्त भएकी छिन् । हालै इन्स्योरेन्सले उनलाई वरिष्ठ प्रबन्धक (प्रमुख कर्पोरेट बिक्री तथा लघु बीमा विभाग) पदमा नियुक्त गरेको हो । सूर्य लाइफ इन्स्योरेन्समा १२ वर्ष १० महिना काम गरेकी खनालले बीमा मार्केटिङ्गमा लामो अनुभव बटुलेकी छिन् । इन्स्योरेन्सले कम्पनीको प्रत्यक्ष व्यवसायको विकासको लागि नियुक्त गरेको हो ।

    ‘केहि समयभित्र तोकिएको क्षेत्रमा नयाँ कम्पनीको लक्ष्य सफल हुने विश्वास छ ।’ नवनियुक्त वरिष्ठ प्रबन्धक खनालले भनिन्, ‘कम्पनीको नाफा बढाउन प्रत्यक्ष बिक्रीमा थप सुधारका काम गर्ने योजना छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार