
काठमाडौं, १७ असार । आजबाट मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले साधारण सेयर जारी गरेको छ। असार २१ गतेसम्म बिक्री खुला हुने छ।
कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गरेको हो। कम्पनीको जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ। यसको ३२।११ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गरेको हो। सर्वसाधारणलाई छुट्याइएकोबाट कर्मचारी र सामूहिक लगानी कोषलाई पनि सेयर दिइने छ।
३ लाख ८९ हजार कित्ता सेयरमध्ये ६ हजार ५८ कित्ता कर्मचारी र १९ हजार ४५० कित्ता कोषहरुले पाउने छन्। बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले दाबी गर्न पाउने छन्।
कम्पनीको सेयर कम्तिमा १० बढीमा एक हजार कित्तासम्म भर्न पाइने छ। अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ छ। कम्पनीको आईपिओमा असार २१ गतेसम्म आवेदन दिन सकिने छ ।