अटो नेपाल म्यागजिनलाई २०७७ को ‘रोड सेफ्टी मिडिया अवार्ड’


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, असार २०, २०७८

  • काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र नासा फाउन्डेसन नेपालद्वारा हरेक वर्ष प्रदान गरिने रोड सेफ्टी मिडिया अवार्ड यस वर्ष ‘अटो नेपाल’ म्यागजिनलाई प्रदान गरिएको छ ।

    बिगत १५ वर्ष देखि नेपालको मोटर स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी, ड्राइभ टुरिजम तथा रोड सेफ्टीको क्षेत्रमा क्रियाशील रही कलम चलाउदै आइरहेको अटो नेपाललाई सो अवार्ड प्रदान गरिएको नासा फाउन्डेसनकी संयोजक भगवती सेढाईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    नेपाल रेडक्रस सोसाइटीका सभापति डा. नेत्र प्रसाद तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नासा नेपालका अध्यक्ष दशरथ रिसाल, नासा फाउन्डेसन नेपालकी संयोजक भगबती सेढाई, नेसनल एलाइन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटीका संयोजक गोबिन्द भट्टराईको उपस्थिति रहको थियो ।

    अतिथिहरुद्वारा अटो नेपालको तर्पmबाट उपस्थित रोशन कुमार श्रेष्ठ र भूषण कुमार श्रेष्ठलाई सो अवार्डको साथमा प्रसंशापत्र तथा नगद ११ हजार १११ समेत प्रदान गरियो । छैटौँ यूएन ग्लोबल रोड सेफ्टी विकको सन्दर्भमा नासा नेपाल, नेसनल एलायन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी तथा नासा फाउन्डेसन लगायतका संघ संस्थाले संचालन गरेको साप्ताहिक अभियान अन्तर्गत नै सो अवार्ड वितरण गरिएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट