भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले प्रहरी उपरीक्षक शिव कुमार श्रेष्ठलाई गऱ्यो स्वागत


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, असार २५, २०७८

  • भक्तपुर, २५ असार । भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले भक्तपुरको सांस्कृतिक परम्पराको सगुन सहित प्रहरी उपरीक्षक शिव कुमार श्रेष्ठलाई स्वागत गरेको हो । बिहिबार संघका अध्यक्ष बाबुकाजी मानन्धरको नेतृत्वमा रहेको प्रतिनिधिमुलक पदाधिकारीहरुको टोलि प्रहरी उपरीक्षक स्वागत गर्न महानगरीय प्रहरी परिसरमा पुगेको थियो ।

    उक्त टोलिका प्रथम उपाध्यक्ष ज्ञानेन्द्र मानन्धरले स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष बाबुकाजी मानन्धरले संघको पृष्ठभुमि सहित वर्तमान अवस्थाबारे अवगत गराउनु भएको थियो । प्रहरिले आवश्यक ठानेमा आफुहरु स्वयंसेवकका लागि सधैं तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

    यसैगरी लकडाउनका कारण उत्पन्न शारीरिक सुगठन तथा फिट्नेस संचालकहरुको समस्यामा समाधानको सहयोग गरिदिनु हुन प्रहरी उपरीक्षक श्रेष्ठलाई आग्रह गर्नुभएको थियो । उक्त अवसरमा संघले प्रहरी उपरीक्षक शिव कुमार श्रेष्ठको कार्यकाल विवाद रहित हुने अपेक्षा सहित सफल कार्यकालको शुभकामना समेत दिनुभएको थियो ।

    भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको शुभकामना कार्यक्रमलाई सम््बोधन गर्दै प्रहरी उपरीक्षक श्रेष्ठले शान्ति सुरक्षा मानिसको लागि सबभन्दा महत्त्वपूर्ण आवश्यकता रहेको बताउनुभएको थियो । समुदायको साथ र सहयोगबिना प्रहरी अपुर्ण हुने भन्दै उहाँले समुदायको सेवा गर्नु प्रहरीको कर्तव्य भएको र प्रहरीको सेवा पाउनु समुदायको अधिकार रहेको बताउनु भएको थियो ।

    आफ्नो कार्यकालमा भक्तपुर प्रहरीलाई थप अनुशासित र दक्ष बनाउदै अघि बढ्ने तथा जनताले प्रहरीबाट राख्ने अपेक्षामा आँच आउन नदिने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको थियो । साथै संघले फिट्नेस क्लब यथाशीघ्र संचालन गर्न पहल गरिदिनको लागि प्रहरी उपरीक्षक श्रेष्ठ समक्ष ज्ञापनपत्र पनि बुझाएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट