हेटौँडामा अत्याधुनिक बस टर्मिनल


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, साउन ४, २०७८

  • वाग्मती, ४ साउन । वाग्मती प्रदेशको राजधानी हेटौँडामा अत्याधुनिक सुविधा सम्पन्न बस टर्मिलन (बसपार्क) निर्माणले तीव्ररूप लिएको छ । गत आर्थिक वर्ष ०७७/०७८ मा उपमहानगरपालिकाको आफ्नै लगानीमा बस टर्मिनल निर्माण थालिएको उपमहानगर प्रमुख हरिबहादुर महतले बताउनुभयो ।

    हेटौँडा–१० टिसीएनमा सुविधा सम्पन्न बस टर्मिनल निर्माणको काम धमाधम भइरहेको हो । कूल रु ३५ करोड लागतमा १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी रसुवा आशिष जेभी निर्माण सेवालाई जिम्मा दिइएको उपमहानगरप्रमुख महतले बताउनुभयो । सुन्दर बसपार्कसहितको व्यापारिक कम्प्लेक्स निर्माण गर्न लागिएको छ । तीन तल्ला संरचनामा निर्माण सम्पन्न हुने कम्प्लेक्स र नयाँ मोडलको बसपार्क निर्माण गर्न लागिएको हो ।

    बहुवर्षीय योजनाअनुसार बसपार्क निर्माणको काम भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार