नेप्सेलाई अर्थमन्त्रालयको स्पष्टीकरण


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, साउन १४, २०७८

  • काठमाडौँ, १४ साउन । अनाधिकृतरुपमा शेयर खरीद गरेको भन्ने विवरण सार्वजनिक भएपछि अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्जलाई स्पष्टीकरण सोधेको छ । साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीको शेयर नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको परिवारले खरीद गरेको पाइएपछि मन्त्रालयले आज स्पष्टीकरण सोधेको छ ।

    मन्त्रालयले विभिन्न सञ्चारमाध्यमा आएका विभिन्न विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थता के हो ? सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र यस मन्त्रालयमा उपलब्ध गराइदिन भनिएको छ । मन्त्रालयले आजै नेपाल धितोपत्र बोर्डलाई पनि सोही बेहोराको पत्र लेख्दै स्पष्टीकरण सोधेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार