निश्चल एल. श्रेष्ठको ‘झुम्के बुलाकी……मा श्रेया सिटौलाको छम्छमी


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, साउन १७, २०७८

  • काठमाडौं, १७ साउन । गायक निश्चल एल. श्रेष्ठको झुम्के बोलाकी ……गीतको भिडियो सार्वजनिक भएको छ । नाँचौ नाँचौं लाग्ने यो गीतमा गायक स्वयं निश्चल र श्रेया सिटौला मोडलका रुपमा देखिएका छन् । गायक निश्चलका साथीहरु संयुक्त अभिनय पनि देख्न सकिन्छ ।

    झुम्के बुलाकी…. गीतको शब्द सिर्जना कल्पना राउत श्रेष्ठले गरेकी हुन् भने राहुल विश्वकर्माले म्युजिक एरेन्ज गरेका छन् । गीतको भाव र भिडियो युवा पुस्ताको मन छुने खालको छ । भिडियोको निर्देशन प्रमोद के भण्डारीले गरेका हुन् । चार मिनेट ४६ सेकेन्डको यो म्युजिक भिडियो आइ क्याच स्टुडियो युट्युव च्यानलमाफर्त सार्वजनिक गरिएको हो ।

    भिडियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार