दुर्घटनामा दुईको मृत्यु : यार्सागुम्बासहित एक पक्राउ


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, साउन २३, २०७८

  • काठमाडौँ, २३ साउन । काठमाडौँ र ललितपुरमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका–६ स्थित सडकमा प्रदेश नम्बर ३–०२–००७प ६२५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तारकेश्वर नगरपालिका–७ फुटुङ्गका ७० वर्षीय रामचन्द्र खत्रीको मृत्यु भएको हो ।

    आज बिहान भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उनको पिपुल्स अस्पताल नयाँबजारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ । यता ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडास्थित माझखोलामा बा४९प ४९०६ नम्बरको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौँ कलङ्की बस्ने ४८ वर्षीय नीरज खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल सवार ललितपुर महानगरपालिका–४ बागडोल बस्ने ४८ वर्षीय नीरज बलको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट