नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईद्वारा राजीनामा


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, साउन २७, २०७८

  • काठमाडौँ, २७ साउन । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले आज पदबाट राजिनामा दिनुभएको छ । सरकारले एक साता पहिले स्पष्टीकरण सोधेकामा उहाँले त्यसको जवाफ नलेखेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजिनामा बुझाउनुभएको हो । तेह्र महिना पहिले उहाँ दुई वर्षका लागि कम्पनीको महाप्रबन्धक पदमा नियुक्त हुनुभएको थियो ।

    आफूले सामाजिक सञ्जालमा लेखेका विषयमा सोधिएकाले त्यसको जवाफ नदिएर राजिनामा दिएको उहाँले बताउनुभएको छ । उहाँको राजिनामा पत्रमा रेल सञ्चालनका लागि सबै किसिमको तयारी पूरा भइसकेको उल्लेख छ । शून्य अवस्थामा रहेको कम्पनीमा उपकरण र जनशक्तिलगायतका रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको उहाँको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार