सप्तरीको गोबरगाढाका ३५ घर डुबानमा


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, भदौ ४, २०७८

  • राजविराज, ४ भदौ । लगातारको वर्षाले सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको पूर्वी भेग हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ स्थित गोबरगाढा बस्ती जलमग्न भएका छन् । सप्तकोशी नदीमा आज एक्कासि आएको बाढीले बस्तीका करिब ३५ घरमा पानी पसेको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिनुभयो । बाढीले दुईटा घरमा कटानसमेत गरेको जनाइएको छ । पानीको बहाव उच्च भएपछि ती घरमा दुई फिटसम्म पानी जमेको छ ।

    चारैतिरबाट कोशी नदीले घेरिएको गोबरगाढा बस्ती प्रत्येक साल बाढी आएको बेला डुबानमा पर्ने गरेको वडाध्यक्ष बिन्देश्वर यादवले बताउनुभयो । घरहरुमा बाढीले डुबेपछि स्थानीय बासिन्दा कोशीदेखि पर रहेका विद्यालयमा आश्रय लिएर बस्न बाध्य रहेको उहाँको भनाइ छ ।

    स्थानीयवासी हरि यादव र शत्रुधन यादवको घर कोशी नदीले कटान गरेको छ भने अन्य घरमा पनि कटान गर्न सकिने डरले उनीहरु सुरक्षित स्थानको खोजीमा रहेको वडाध्यक्ष यादवले बताउनुभयो । यसैबीच वडाध्यक्ष यादवको नेतृत्वमा अहिले डुबानमा परेका घर र क्षतिको विवरण सङ्कलन कार्य भइरहेको नगरपालिकाले जनाएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार