राष्ट्रपति भण्डारीद्वारा राजकलशको अभिषेक ग्रहण


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, भदौ ६, २०७८

  • काठमाडौँ, ६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका ब्राह्मण राजोपाध्यायहरूको कान्तिपुरीय उपाकर्म गुठीद्वारा श्रावणी कर्ममा स्थापना गरिएको राजकलशको अभिषेक ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज उहाँले राजकलशको अभिषेक ग्रहण गर्नुभएको हो । श्रावण पूर्णिमाका दिन उपाकर्म गुठीका गुठियारद्वारा शोभाभगवतीको विष्णुमती तथा भद्रमतीको दोभानमा विधिपूर्वक श्रावणी स्नान गरी नव यज्ञोपवित धारण गर्ने प्रचलन छ ।

    अरुन्धतीसहित सप्तर्षिको पूजाका साथै राजकलश स्थापना गरी श्रावणी यज्ञ गरिने परम्परा रहेको छ । देवतर्पण, ऋषितर्पण र पितृतर्पणका साथै विधिपूर्वक दिवङ्गत पितृ गणहरूमा फलपिण्ड दान गरी श्राद्ध गरिनुका साथै सप्तर्षिको प्रसादस्वरूप कुलका थकालीका हातबाट रक्षाबन्धन (डोरो) बाँधिन्छ । यसरी श्रावणीकर्म सम्पन्न भएपछि विधिपूर्वक स्थापना गरिएको राजकलश राष्ट्राध्यक्षलाई अभिषेक तथा रक्षा बन्धन गर्ने परम्परा रहेको छ ।

    राष्ट्राध्यक्षबाट दक्षिणा स्वरूप एघार चाँदीका मोहर दिइन्छ । मुलुकमा गणतन्त्रको स्थापनापछि राजकलश राजदरबारमा पु¥याउने परम्परा केही वर्ष टुटेको भए पनि गत केही वर्षयता राष्ट्राध्यक्षको रूपमा राष्ट्रपतिले अभिषेक ग्रहण गर्दै आउनुभएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट