५० करोड रुपैंयाँको लागतमा अमेरिकी आरसी कोलाको नेपालमै उत्पादन


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ ७, २०७८

  • काठमाडौं, ७ भदौ । सन् १९०५ देखि उत्पादन सुरु गरिएको अमेरिकी मौलिक सफ्ट पेय पदार्थ (आरसी कोला) को ५० करोड रुपैंयाँको लागतमा नेपालमै उत्पादन सुरु गरिएको छ । नेपालमा भेन्चुरा बोटलर्स प्रालिले उत्पादन सुरु गरेको आरसी कोला विभिन्न फरक स्वादमा उपलब्ध छन् ।प्रोडक्ट लन्च कार्यक्रम गरि घोषणा गरिएका उत्पादनमा आरसी कोला, माइट्टी रेन, आरसी क्यू लेमन लाइम, आरसी क्यू अरेञ्ज, जियर अप, जी पावर, कार्बोनेटेड वाटर र वाटर रहेको भेन्चुरा बोटलर्स प्रालिका निर्देशक सुवास आचार्यले जानकारी दिए ।

    आरसी, अन्तर्राष्ट्रिय तवरमा मान्यता प्राप्त उत्कृष्ट कार्बोनेटेड सफ्ट पेय पदार्थ भएको आचार्य बताउँछन् । अन्तर्राष्ट्रिय ब्रान्ड नेपाली पानीसँग मिसिएर बोतल भरिन्छ । यसको आवश्यक कच्चा पदार्थ अमेरिकाको जर्जिया प्रान्तको कोलम्बसबाट आयात गरि मकवानपुरमा उत्पादन गरिएको आचार्य बताउँछन् । आर सीका उत्पादनहरु अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडीए), युरोपियन खाद्य सुरक्षा निकाय (इएफएसए) का साथै एशिया र अफ्रिकाका विभिन्न खाद्य सुरक्षासँग सम्बन्धित निकायहरुबाट अनुमोदन तथा नियमन समेत हुँदै आएको भेन्चुरा बोटलर्स प्रालिका सिइओ कबिन अर्यालले बताए ।

    उपभोक्ता सन्तुष्टि र उत्पादनको गुणस्तरमा सम्झौता नहुने अर्याल बताउँछन् । ‘यस पेय पदर्थको नेपालका लागि उत्पादन तथा बितरण गर्ने घोषणा गर्न पाउँदा हामी हर्षित छौँ’ अर्याल थप्छन् ‘आर सी कोलालाई विश्वव्यापी उपभोक्ताको ११६ वर्ष सम्म स्नेह रहेको छ र यो अझै पनि अटुट छ।’

    ६७ राष्ट्रले स्वीकार गरेको संसारको एक पुरानो, मौलिक र श्रृजनशीलताको परिचायक कोलालाई नेपालमा भित्र्याउन पाउनु गौरवको कुरा रहेको अर्यालको भनाइ छ। हाल काठमाडौँ उपत्यकामा उपलब्ध आरसी कोलाका उत्पादन बिक्रीवितरण गर्न चाहने र थप जानकारी लिन चाहनेले ९८०१८८९१०२ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार