मुख्य प्रशिक्षक ह्वाटमोरले ओमान सिरिजपछि राजीनामा दिने


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, भदौ ११, २०७८

  • काठमाडौँ, ११ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले ओमान सिरिजपछि राजीनामा दिनुहुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)लाई आज इमेल पठाउँदै उहाँले आसन्न नेपाल, ओमान र अमेरिकाबीचको विश्वकप लिग दुईको त्रिकोणात्मक क्रिकेट सिरिजपछि नेपाली टोलीबाट बाहिरिने जानकारी दिनुभएको हो ।

    ह्वाटमोरले पारिवारिक कारण देखाउँदै नेपाली टोलीबाट बिदा लिन चाहनुभएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो । हाल उहाँ त्रिकोणात्मक सिरिजका लागि ओमानमा रहनुभएको छ । ओमान सिरिज यही भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुने छ । उक्त सिरिजमा नेपालले ओमान र अमेरिकासित दुई÷दुई खेल खेल्ने तय भएको छ । ह्वाटमोर आठ महिना अघि एक वर्षका लागि नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको थियो ।

    क्यानले खुला प्रतिस्पर्धाबाट उहाँलाई प्रशिक्षक नियुक्त गरेको थियो । कोरोना महामारीका कारण बाँकी समय परिवारका साथ बिताउने भन्दै ह्वाटमोरले राजीनामा पत्र इमेल गर्नुभएको क्यानले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार