ग्यापुले ल्यायो चाडबाड अफर


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, भदौ २२, २०७८

  • काठमाडौं, २२ भदौ । नजिकिदैँ गरेको चाडबाडलाई मध्यनजर गर्दै ई-कमर्श कम्पनी ग्यापुले चाडबाड अफर ल्याएको छ । हिन्दु महिलाहरूको महान चाड तिजको अवसरमा विभिन्न सामान ग्यापुमार्फत खरिद गरेमा ग्राहकले ग्यापुबाट छुट र क्यासब्याक अफर पाउन सक्छन् । ग्राहकले हिमालय बैंकबाट सामान खरिद गर्दा ५०० रुपैयाँसम्ममा १५ प्रतिशत छुट पाउनेछन् । यो छुट भदौ २२ गते देखि २४ गते सम्म लागू हुनेछ ।

    त्यस्तै माछापुच्छ्रे बैंकबाट पैसा तिर्दा ५०० रुपैयाँसम्ममा १० प्रतिशत छुट पाउनेछन् । भदौ २० गते देखि यो छुट २६ गते सम्म लागू हुनेछ । यसैगरी सनराइज बैंकबाट सामान खरिद गरेमा ग्राहकले ३०० रुपैयाँसम्ममा २० प्रतिशत क्यासब्याक पाउनेछन् । यो छुट भने भदौ २५ गते सम्म लागू हुनेछ ग्यापुको अपरेसन हेड सुरजनी केसीले बताइन् । फोन पे मार्फत भुक्तानी गर्दा २ सयको भौचर, एन आइ सि एसियाको कार्डमार्फत भुक्तानी गर्दा २ सयको भौचर र इ सेवा बाट भुक्तानी गर्दा २ सयको भौचर प्राप्त गर्न सकिनेछ । साथै खल्ती मार्फत भुक्तानी गर्दा १० जनाले २ सय रुपैयाँको टप अप प्राप्त गरिने बताइएको छ ।

    विदेशमा रहनु भएको ग्राहकले पनि ग्यापुमार्फत नेपालमा हुनुभएको आफ्नो आफन्तलाई सरप्राइज दिनको लागि उपहार अर्डर गर्नसक्नेछन् । र, ग्यापुले डेलिभरी गर्नेछ । गुलियो खान मनपराउनु हुनेले विभिन्न फ्लेभरको केक, बुवाको लागि स्मार्ट वाच र विभिन्न परिकार बनाएर खान मन पराउनु हुने बुवाको लागि इलेक्ट्रिक फायर ग्यापुको बुवाको मुख हेर्ने दिनको विशेष उपहारको सूचीमा रहेको छ ।

    त्यस्तै अन्य उपहारमा लेदरको वालेट, ग्रुमिङ किट, हेडफोन, विभिन्न विधाका किताबहरू र विभिन्न ब्रान्डका लिक्वेरहरू रहेका छन् । यि मध्ये कुनै पनि उपहार ग्यापुको पेमेन्ट पार्टनर बैंकहरूबाट खरिद गरेको खण्डमा माथि उल्लेखित छुटहरू उपलब्ध हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार