सेञ्चुरी बैंकले ल्यायो ‘सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट’, ५.५% ब्याज पाइने


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ २८, २०७८

  • काठमाडौं, २७ भदौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकको मागलाई सम्बोधन गर्दै नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट’ को सुरु गरेको छ । न्यूनतम १ हजार रुपैंयाँ मौज्दात भएको उक्त खातामा वार्षिक ५.५% प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जानकारी दिएको छ ।

    ‘सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट’ खातामा अन्य बचत खातामा भन्दा १ प्रतिशतबढी ब्याज भुक्तानी हुनेछ । यस्तै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निस्शुल्क उपलब्ध गराइने बैंकले जानकारी दिएको छ । उक्त खातामा लकर सेवा, एटीएम र अन्य सुविधाहरुको व्यवस्था गरिएको छ ।

    सेञ्चुरी बैंकका कुनैपनि शाखामा गएर बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट’ खोल्न सकिनेछ । खाता खोल्न कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलााई अनिवार्य उपलब्ध गराउनु पर्नेछ । काठमाडौं उपत्यकामा २३ शाखा र ७ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखा र ३ वटा एक्सटेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

    थप जानकारीका लागि बैंकको वेवसाइट तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क गर्न सकिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार