गरिमा विकास बैंकका ग्राहकहरूलाई आगन्तुक रिसोर्टमा २३ प्रतिशतसम्म छुट


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, भदौ ३१, २०७८

  • काठमाडौँ, ३० भदौ । पर्यटकीय गन्तव्य काभ्रेको बनेपामा रहेको आगन्तुक रिसोर्टमा गरिमा विकास बैंकका ग्राहकहरुले विभिन्न सेवा सुविधामा आकर्षक छुट पाउने भएका छन् । सोसम्बन्धी छुट उपलब्ध गराउन बैंक र रिसोर्ट दुवै संस्थाले सम्झौता गरेका छन् ।

    सम्झौताअनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले रिसोर्टको रुममा २३ प्रतिशत र फुड एण्ड वेभरेजमा १४ प्रतिशत छुट पाउनेछन् ।

    त्यस्तै, ‘द एभरेस्ट होटल’सँग पनि बैंकले पुरानो सम्झौतालाई परिमार्जित गर्दै होटलको रुम, फुड एण्ड वेभरेज र स्पा मेम्बरसिप प्याकेजमा समान १५ प्रतिशत छुटसम्बन्धी सम्झौता गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार