सेञ्चुरी बैंकको मोबाइल एपमा अब रेमिट्यान्स सेवा पनि


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, भदौ ३१, २०७८

  • काठमाडौं, ३१ भदौ । सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank ले मोबाईल बैकिङ एप सेञ्चुरी पे मार्फत अनलाईन आन्तरिक रेमिट्यान्स सेवा प्रदान गर्ने भएको छ । यस सेवा अन्तर्गत सेञ्चुरी रेमिट् (रेमिट्यान्स सेवा) मोबाईल बैकिङ एपमा थप गरिएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक विप्रेशण सोझै मोबाईल बैकिङ एपबाट पठाउन सक्नेछन् ।

    आन्तरिक रेमिटयान्स रकम पठाउादा मोबाईल बैंकिङ एपमा रहेको सेञ्चुरी रेमिटमार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुबै सुविधामध्ये एक रोज्न सकिने छ । यसका साथै मोबाईल बैकिङ एपमा रहेको रिसिभ रेमिटान्स प्रयोग गरी आन्तरिक विप्रेशण कार्य गर्न सकिनेछ । साथै यस सुविधा अन्र्तगत ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यालयहरु र देशका ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेण्टमार्फत रेमिट्यान्स रकम संकलन गर्न सक्नेछन् ।

    सेञ्चुरी बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १ सय ३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टरका साथै २४ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १ सय ६० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार