फ्रन्टलाईन नेपाल मङ्लबार, साउन १, २०८१

बिकास हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, भदौ ३१, २०७८

  • काठमाडौं, ३१ भदौ । विकास हाइड्रोपावरले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । सम्झौतामा विकास हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

    कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थित माछा खोलामा अपर माछा खोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीले ४।५५ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ ।

    कम्पनीले अधिकृत तथा जारी पूँजी ४६ करोड २८ लाख ५० हजार को ३० प्रतिशतले हुन आउने रु। १३ करोड ८८ लाख ५० हजार रकम बराबरको १३ लाख ८८ हजार ५०० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट