परराष्ट्रमन्त्री खड्कासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, अशोज १८, २०७८

  • काठमाडौँ, १८ असोज । नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि चीनका राजदूत होउ यान्छीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल–चीनबीचको सम्बन्ध, कोभिड–१९ विरुद्धको खोप सहयोगलगायत विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री खड्काले यही असोज ६ गते मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो ।

    यस्तै नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्याण्डी बेरीले भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी सम्बन्ध र बहुपक्षीय सहभागिताका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा मन्त्री खड्काले नेपालको विकास पहल र कोभिड–१९ विरुद्धको लडाइँमा निरन्तर सहयोग गरेकामा अमेरिकी सरकार र जनतालाई धन्यवाद दिनुभएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट