फेसबुक, ह्वाट्स एप,म्यासेन्जर र इन्स्टाग्राम डाउन


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, अशोज १८, २०७८

  • यतिखेर फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन भएका छन् । प्रायजसो सबै देशमा फेसबुकको स्वामित्वका एप्सहरुको सेवा अवरुद्ध भएको हो । सोमबार साढे ९ बजेपछि यि एप्सहरुको सेवा एक्कासी विश्वभर डाउन भएको हो ।

    प्राविधिक कारणले समस्या उत्पन्न भए पनि चाँडै समस्या समाधान हुने फेसबुकले जनाएको छ । ट्वीटर ह्यान्डलमार्फत प्रयोगकर्ताहरुलाई पर्न गएको असुविधाप्रति माफी माग्दै जतिसक्दो छिटो समस्याको समाधान गर्ने जानकारी गराएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार