४६ करोड रुपैंयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोपमा व्यवसायी इच्छाराज तामाङ पक्राउ


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, अशोज १८, २०७८

  • काठमाडौँ, १८ असोज । सिभिल बैंक, सिभिल होम्स तथा सिभिल सहकारीलगायतका मालिक रहेका व्यवसायी इच्छाराज तामाङ पक्राउ परेका छन् । प्रहरीले सोमबार साझ उनलाई सुन्धाराबाट पक्राउ गरेको हो । प्रहरीले तामाङ सहित १० जना भन्दा बढीलाई पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सिभिल सहकारीका निक्षेपकर्तालाई ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

    उनीहरु विरुद्ध निक्षेपकर्ताहरुले ४६ करोड रुपैंयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोप लगाएका छन् । प्रहरीका अनुसार झण्डै ७० जना निक्षेपकर्ताले ठगी गरेको उजुरी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट