गण्डकीमा १२४ जना कोरोना सङ्क्रमणमुक्त


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, अशोज १९, २०७८

  • corona

    गण्डकी, १९ असोज । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२४ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा १०० सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार थपिनेमा कास्कीका ४४, बाग्लुङका १३, स्याङ्जा र नवलपरासी पूर्वका १०÷१०, म्याग्दी र गोरखाका सात-सात, तनहुँका पाँच, पर्वतका तीन र लम्जुङका एक जना छन् । अद्यावधिक विवरणअनुसार प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ८६ हजार ८८ पुगेको छ ।

    हालसम्म प्रदेशमा ८३ हजार ६८२ सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमित एक हजार ३५ छन् । प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ३७१ पुगेको निर्देशनालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार