घुमघामको योजना छैन, आधा समय फोन उठाउँदैमा जान्छ, विरोध खतिवडा, स्वास्थ्य तथा जनसंख्यामन्त्री


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, अशोज २८, २०७८

  • काठमाडौं, २८ अशोज । मेरो दसैँ काठमाडौंमा हुन्छ । बुवाबाट टीका लगाउँछु । जिल्ला (चितवन) मै बसेको भए शुभचिन्तकलाई लाइदिन्थे । काठमाडौंमा ओल्लो घरका मान्छेले पल्लो घरकालाई चिन्दैनन् । तैपनि कोही शुभचिन्तक आउनुभयो भने फरक परेन । टीका लगाइदिन्छु । घुमघामको चान्स छैन ।

    दुई दिन कता घुम्ने, घुम्ने भने पनि जिल्ला नै घुम्ने हो । त्यो पनि सम्भावना छैन । कास्की, चितवन पुगिसके । काठमाडौंमै नातगोता दुनियाँ भेट्ने काम बाँकी छ । त्यो पनि होला । घर आउनेहरूसँग गफ गरेर बिताउनुपर्‍यो ।  त्योभन्दा फुर्सदको समय भयो भने पत्रपत्रिका पढ्ने, दशैँ विशेषांक हेर्दाहेर्दै समय बित्छ ।

    आधा समय फोन उठाउनमै जान्छ । अहिले स्वास्थ्यको होसियारी गर्ने, दूरी कायम गर्ने भनेर आशीर्वाद दिनुपर्ने अवस्था छ । हामीले जसरी मनाउँदै आएका छौं त्यसरी नै मनाउने हो । माननीय हुँदा, मन्त्री हुँदा दसैँ कस्तो भन्दा उस्तै हुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार