मेरा लागि दसैँ फुर्सदको समय पनि हो : गगन थापा, नेता, नेपाली कांग्रेस


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, अशोज २८, २०७८

  • काठमाडौं, २८ अशोज । सप्तमीको दिनसम्म पार्टीको कार्यक्रम छ । त्यसरी नै वित्छ । अष्टमीबाट परिवारसँग पहिलेजस्तै सामान्य रूपमा मनाउने योजना छ । हामीहरूको खास एउटा गुठी छ । थापाहरूको गुठीमा सामूहिक टीका हुन्थ्यो । तर गत वर्षदेखि कोभिड-१९ संक्रमण महामारीले रोकिएको गुठी टीका यसपालि पनि रोकिने भएको छ । त्यसो हुँदा आफ्नै परिवार र आफन्तहरुसँग मात्रै मनाउँछौं ।

    राजनीतिक दौडधूपले परिवारलाई समय दिन नभ्याइरहेका बेला मेरा लागि त फुसर्दको समय पनि हो । तीन/चार दिन सबै कुरा छोडेर घर बस्ने, मन्दिर जाने,  बच्चाहरू, आमाबासँग पूर्ण समय वित्छ । अस्ति फुर्सद निकालेर केटाकेटीलाई लिएर कपडा किनेर आएँ । यसरी नै बित्छ । मैले शुभचिन्तकलाई टीका लाइदिने चलन छैन । मैले आमाबुवाबाट लाउँछु । मेरो बुवाआमासँग मेरा साथीहरु धेरै वर्षदेखि टीका लगाउनु हुन्छ परिवारजस्तै मानेर ।

    उनीहरूसँग मेरो भेट हुन्छ । यसपालि घुमघामको योजना पनि छ । एकादशीपछि दुई दिन जतिलाई भए पनि कतै निस्किनुपर्छ भन्ने सोचेको छु । विजयादशमीको भोलिपल्ट घरमा बसेर दुई दिनलाई परिवारै उपत्यका बाहिर जाने योजना छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार