दसैँकाे विशेष कार्यक्रम छैन, परिवारसँग हुन्छु : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, अशोज २८, २०७८

  • नेपाली नागरिकले जसरी दशैँ मनाउने हो सामान्य तरिकाले आफूभन्दा माथिल्ला व्यक्तिहरुसँग आशिर्वाद लिएर मनाउने मात्र हो । अरु त्यस्तो विशेष किसिमको कार्यक्रमहरु छैन । उपत्यकामै परिवारसँग हुन्छु । मैले टिका ठूलो दिज्जुहरु, दाइहरूबाट लगाउँछु । चार जना दिदीबहिनी, दुई जना दाजु हुन् । त्यसपछि म र भाई हो । अहिले कोभिड १९ संक्रमणको समय भएकाले मैले शुभचिन्तकलाई यो वर्ष टिका लगाइदिने छैन ।

    पारिवारिक घुमघामको कार्यक्रम पनि केही छैन । यस्तो बेलामा हामीले हाम्रो धर्म संस्कृतिलाई उच्च प्राथमिकतामा राख्नुपर्छ । भगवानप्रति नै लिन हुने कुरा हो । भगवानको पूजा आराधना हो । मैले यो चाडपर्वलाई छुट्टिको रुपमा प्रयोग गरेको छैन । त्यसैलेअध्ययन गर्ने त्यस्तो विशेष छैन । दशैँ नेपाली र त्यसमा पनि हिन्दुहरुको महान पर्व र चाड हो । यसलाई हामीले एकदमै हृदयमा राखेर आफ्नो परम्पराअनुसार मान्नुपर्छ ।

    यो सबै नेपालीको, सबै जातजातिको पर्वको रुपमा गइसकेको हुनाले हृदयदेखि नै खुला हृदय राखेर चाडपर्वदशैँ, तिहार, दीपावली, छठ, न्हूदँया, भिंतुनालाई हामीले ठूलो चाडको रुपमा मान्नुपर्छ । हाम्रो दायित्व र कर्तव्य भनेकै हाम्रो सबै किसिमको धार्मिक, सामाजिकर सांस्कृतिक संरचनालाई जगेर्ना गर्नुपर्छ । उच्च प्राथमिकतामा राख्नुपर्छ र त्यसलाई अनुशरण गर्दै जानुपर्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार