नवउद्यमी महिलालाई बिनाधितो ऋण सहयोग


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, कार्तिक १६, २०७८

  • पाल्पा, १६ कात्तिक । तानसेन नगरपालिकाले नयाँ उद्यम गर्न चाहने महिलालाई बिनाधितो ऋण सहयोग दिने भएको छ । नगरपालिकाभित्रका महिलालाई व्यवसाय तथा विभिन्न उद्यम गर्न रु पन्ध्र लाख बराबरको ऋण सहयोग उपलब्ध गराइनेछ । नगरपालिकाले मुक्तिनाथ विकास बैंक पाल्पा शाखासँग सम्झौता गरेको छ । सो बैंकमार्फत उद्यम गर्ने चाहना भएका महिलालाई ऋण सहयोग उपलब्ध हुनेछ ।

    आयआर्जन लिने गरी केही व्यवसाय गर्ने सोच बनाएका महिलालाई ऋण सहयोग गराउने कार्यक्रम ल्याएको नगरप्रमुख अशोककुमार शाहीले बताउनुभयो । बैंकले नगरपालिकाका सिफारिसमा ४ दशमलव ६४ प्रतिशत ब्याजदरमा बिनाधितो रु ५० हजारदेखि १५ लाखसम्म र धितो राखेर धितोको मूल्याङ्कनअनुसार ऋण प्रदान गर्ने बैंकका शाखा प्रबन्धक टेकराज ज्ञवालीले जानकारीदिनुभयो ।

    नगरपालिकाबाट सिफारिस भएको १० दिनभित्रमा उद्यमीलाई ऋण उपलब्ध गराइनेछ । यसै महिनादेखि बिनाधितो ऋणका लागि तानसेन नगरपालिकाले बैंकलाई सिफारिस गरी पठाउनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार