एकिकृत सिजर्नसिल समाजलाई जापान कर्मथलो बनाएका धन थापाको सहयोग


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, कार्तिक २७, २०७८

  • काठमाडौं । मनमैजुस्थित एकिकृत सिजर्नसिल समाजलाई जापान कर्मथलो बनाएका धन थापाले सहयोग प्रदान गरेका छन् । लामो समयदेखी जापानलाई कर्मथलो बनाउदै आएका थापाले एकिकृत सिर्जनसिल समाजमा आश्रय लिईरहेका वालवालिकाहरुलाई झोला, जुत्ता, मोजा, ड्ेरस लगायतका सर–सामानहरु हस्तान्तरण गरेका थिए ।

    यसअघि पनि व्यवसायी तथा समाजसेवी धन थापाले एकिकृत सिजर्नसिल समाजलाई सहयोग प्रदान गरेका थिए । यसपाली १ लाख १० हजार रुपैंयाँ बराबरको सहयोग प्रदान गरेका हुन् । मनमैजुस्थित एकिकृत सिजर्नसिल समाजमा हाल ४७ जना वालवालिका, किशोरकिशोरीहरुले आश्रय लिईरहेका छन् । १० वर्षे जनयुद्धमा आमा, बुबा गुमाएका, भुकम्पमा आमा, बुबा गुमाएका र अभिभावकबिहिन वालवालिकाहरुलाई सिर्जनसिल समाजले संरक्षण प्रदान गरिरहेको छ । २०६८ सालदेखी सञ्चालनमा आएको यो संस्थाका प्रमुख भीम कुमार रोका हुन् भने जुनु पुन मगर कोषाध्यक्ष हुन् । आमा भनेर चिनिएकी जुनुले नै वालवालिकाको रेखदेख गर्दै आएकी छिन् । यस्तो संस्था र समस्या परेको ठाउमा सरकारको आँखा नपरेको उनले बताइन् ।

    कार्यक्रममा बोल्दै राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले समाजसेवी थापाको प्रशंसा गरे । सामाजिक काममा अग्रसर हुदै आएका थापाले अफ्ठ्यारो अवस्थामा सहयोग गरेको स्मरण गरे । सिजर्नसिल समाजमा आश्रय लिईरहेका वालवालिकालाई समाजको आदर्श बन्न र आफूमा भएको क्षमता निखार्न सल्लाह दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार