राजु गुरुङ र दीपा गुरुङको ‘गुन्द्री चकटी’ आयो


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, मंसिर ८, २०७८

  • काठमाडौं, ७ मंसिर । चर्चित लोक तथा दोहोरी गायक राजु गुरुङ र गायिका दीपा गुरुङको नयाँ सांगीतिक कोसेली ‘गुन्द्री चकटी’ सार्वजनिक भएको छ । दोहोरी गीत ‘गुन्द्री चकटी’ को म्यूजिक भिडियो सोमबार साँझ दीपा गुरुङ युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो । गायक राजु र गायिका दीपाको स्वर रहेको यस गीतमा पृष्ठभूमिमा गायिका रुपि सिंजाली, पेमा मगर, सागर बाजुराली र राजेन्द्र बाजुरालीले स्वरमा साथ दिएका छन् । चन्द्र परियारको शब्द रहेको गीतमा लय भने रमेश परियारको रहेको छ ।

    याम गुरुङले निर्देशन गरेको म्यूजिक भिडियोमा अनिल गुरुङ, विनोद श्रेष्ठ, बबिन सिंह ठकुरी, राजु गुरुङ, रमेश परियार, सलिना बुढाथोकी, माया राम्जाली, चित्र पुन र पूजा बुढाथोकीले अभिनय गरेका छन् । दुर्गा पौडेलले छायांकन गरेको भिडियोको सम्पादन मेकबहादुर थापाले गरेका हुन् ।

    यस गीतलाई पनि पहिला जस्तै दर्शक, श्रोताताले माया गरिदिने विश्वास रहेको गायिका दीपा गुरुङले बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार