थप २१३ मा कोरोना सङ्क्रमण पुष्टि


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, मंसिर ११, २०७८

  • काठमाडौँ, ११ मङ्सिर । देशभर पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा छ हजार ६३२ जनाको पिसीआर परीक्षण गरिएको थियो । यससँगै नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २० हजार ७२४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ४६८ पुगेको छ । पछिल्लो समय थप ३२५ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख दुई हजार ४७ पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार