रत्नमण्डल महाविहारमा स्थविराभिषेक कर्म सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, मंसिर २२, २०७८

  • काठमाडौँ, २२ मङ्सिर । रत्नमण्डल महाविहार ९नःघः बहाः०, नःघःलका पाँच जेष्ठतम शाक्य कुलपुत्रको आज बौद्ध संस्कार पद्धतिअनुसार स्थविराभिषेक कर्म सम्पन्न भयो । ज्ञानरत्न शाक्यभिक्षुलाई महास्थविर तथा भाइराजा शाक्यभिक्षु, गुह्यरत्न शाक्यभिक्षु, जुजुभाइ शाक्यभिक्षु र पूर्णमान शाक्यभिक्षुलाई स्थविर पदवी प्रदान गर्ने स्थविराभिषेक कर्मको नेतृत्व बज्राचार्य गुरुजु डा. नरेशमान बज्राचार्यले गर्नुभएको थियो ।

    परिवारजनसहित अभिषेक पाएका पाँचै जना हनुमानढोका दरबारमा पुगेर राष्ट्र प्रमुखलाई निमन्त्रणा ९ग्वय् दां० चढाएका थिए । उहाँहरुलाई हनुमानढोका दरबारस्थित शार्दुल जङ्ग गुल्मका मेजर असीम श्रेष्ठले खादा ओढाई स्वागत गर्नुभएको थियो ।

    साथै गुल्मका तर्फबाट उहाँहरुलाई दान पनि प्रदान गरिएको थियो । रत्नमण्डल महाविहार शाक्यहरुको बसोबास रहेका काठमाडौँका १० महाविहार सम्मिलित शाक्य महाविहार सङ्घमा आबद्ध एक महाविहार हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार