
काठमाडौँ, २२ मङ्सिर । पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १२ हजार १७४ जनाको पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २३ हजार ३५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै एन्टिजेन विधिबाट परीक्षण गर्दा ९५ हजार ६८७ मा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय थप ३३६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै आठ लाख पाँच हजार ५७१ सङ्क्रमणमुक्त भएका छन् ।