अक्षयकोष स्थापनाको लागि प्रोफेसर मोहम्मद रमजान अली मियाँद्वारा सहयोग


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, मंसिर २३, २०७८

  • गोरखा, २३ मङ्सिर । कतारको राष्ट्रिय मानव अधिकार समितिका नेपाली समाज संयोजक प्रोफेसर मोहम्मद रमजान अली मियाँद्वारा आफुले प्रारम्भिक शिक्षा शुरु गरेको विद्यालयको अक्षयकोष स्थापनार्थ एक कार्यक्रमका बीच एक लाख एक हजार एक सय रुपैंयाँ सहयोग गरेका छन् । गोरखाको सिरानचोक ३ हर्मी बयापानीस्थित श्री शिखर ज्योति प्राथमिक बिद्यालयलाइ कोष निर्माणका निम्ति सो सहयोग गरेका हुन् ।

    बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंह बहादुर थापाको सभापतित्वमा आयोजना भएको कार्यक्रममा विभिन्न वक्ताले सहयोगको खुलेर प्रशंसा गरेका थिए । मियाँले बिक्रम सम्बत २०४२ तिर सो बिद्यालयबाट आफ्नो प्रारम्भिक शिक्षाको शुरूवात गरेका थिए । काठमाडौ स्थाइ घर भएता पनि मियाँको पुर्ख्यौली गाउँ भने हर्मी बयापानी रहेको र यसरी सम्झेर आफ्नो गाउँको विकासमा उल्लेख्य सहयोग गरेकोमा उपस्थित सबैले मियाँको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा सिरानचोक गाउँ पालिका सदस्य एवं समाजसेवी योगेन्द्र बहादुर सुनार, विभिन्न समयमा बिद्यालयलाइ सहयोग गर्ने सहयोगी एवं समाजसेवी तथा राजनीति दलका प्रतिनिधि र वडा सदस्य ज्यु ,शिक्षक अभिभावक संघका सदस्य लगायत बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो।यसैगरि विद्यार्थी तथा अभिभावकहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापा लगायत बिशिष्ट व्यक्तिहरुले मियालाई खादा ओढाएर सम्मान गर्नु भएको थियो । सोही कार्यक्रममा मियाँले विद्यार्थीहरुलाइ शैक्षिक सामग्री पनि वितरण गर्नु भएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार